धवलागिरी – ३ को वडा अध्यक्षमा कांग्रेसका रोका विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धअध्यक्षमा उम्मेद्धार बन्नुभएका रोकाले एमालेका मदन मल्ललाई १८ मताान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । गत स्थानिय चुनावमा रोका एमालेका पुर्म पुनसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । आइतबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार रोकाले ५८६ मत लिनुभएको छ ।

प्रतिद्धन्दी एमालेका मल्लले ५६८ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा कांग्रेसका रामदेवी पुन, चुनदेवी रसाइली कामी , सेर बहादुर मल्ल र कमलसिङ घर्ति विजय हुनुभएको छ । मुनामा एक हजार २ सय ६५ मत खसेको थियो । तीन वटा वडाको मतगणना सकिदाँ सम्म अध्यक्षमा कांग्रेसका प्रम प्रसाद पुनले १ हजार २ सय ४४ , एमालेकी थम सरा पुनले ७ सय ५० , उपाध्यक्ष मा नेकपा माओवादी केन्द्रका रेशम पुनले एक हजार ३ सय २६ र एमालेका प्रगति कार्किले ५ सय ८५ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार