बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत

बागलुङ । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ। निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो। अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो। अरु पदमा यस अगाडि नै सर्वसम्मत भएको थियो ।

कँडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका समेत अध्यक्ष हुनुहुन्छ । उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवार दिनुपूर्व उहाँले महासंघका उपाध्यक्ष नविन शिशिर विकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

उधोग बाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु र संघका वर्तमान महासचिव नरेश कँडेलविच प्रतिस्पर्धा हुने भएपछि आज मतदानको कार्यक्रम थियो । मतदान हुनुपूर्व नै सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङका राजनैतिक दलहरु नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा निर्माण कुमार श्रेष्ठ वासुलाई मतदान गर्ने निर्णय गरेका थिए । दलहरुले समर्थन दिएका उम्मेदवारले नै फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो। श्रेष्ठलाई समर्थन गरेका दलहरु आश्चार्यचकित भएका छन् । पार्टीले श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरे पनि ब्यवसायीहरु भने कँडेलको पक्षमा थिए ।dhorpatannews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार