बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजता किसान, वडा सदस्य सोहन श्रेष्ठ, रमेश फगामी, टोल विकास संस्था, विद्यालय, आमा समूह, युवा क्लव र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

नगरपालिकाले तोकेको रु. पचास लाखको सिमाभित्र रहेर वडा स्तरीय योजना तथा कार्यक्रम छनौट गरिएको छ । नगरपालिकाको विषयगत समिति, प्रदेश र संघीय सरकारका निकायमा माग गर्ने योजना पनि प्राथमिकीकरण भएको छ ।

सो अवसरमा बिरेन्द्रचोक र कुरिलाखर्क टोल विकास संस्था, युवा उद्यमी जालपा चाउमीन उद्योग मंगलाघाटका सञ्चालक रेशम बानिया, कौशी खेती गर्ने इन्द्रेणीटोलका राजु राम्जाली, खेलाडी खड्ग केसी र सरसफाईतर्फ जिल्ला हुलाक कार्यालयका हलकरा भरत केसीलाई सम्मान गरिएको छ ।

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता, सचिव विनिता रेग्मीको सञ्चालन र जेष्ठ नागरिक एवम् इन्द्रेणीटोल विकास संस्थाका अध्यक्ष नैनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमाणपत्र वितरण र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार