वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको ग्रीन डेभलेपमेन्ट बैंकले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मंगलबार बैंकले बेनी नगरपालिका – १०, पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सदरमुकाम बेनीमा रहेको शाखा बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस बर्ष भने वडामा गाउँमै पुगेर भत्ता वितरण गरेको हो ।

वडा कार्यालय र ग्रीन बैँकको समन्वयमा भत्ता लाभग्राहीहरुलाई पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता उपलब्ध गराईएको बैँकका शाखा प्रवन्धक प्रदीप खत्रीले बताउनुभयो । वडाबाटै भत्ता वितरण गर्दा बजार आउनको लागि लाग्ने खर्च जाेिगनुका साथै   जेष्ठ तथा अशक्त नागरिकहरुलाई सहज भएको  वडा अध्यक्ष मस्बिर रोकाले बताउनुभयो । सोमबार १७० जनालाई भत्ता वितरण गरिएको कर्मचारी अनिल पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार