एकीकृत समाजवादी म्याग्दीबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारहरुकाे नाम सिफारिस

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस गरेको हो ।

त्यसैगरि समानुपातिकतर्फ म्याग्दी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्री पुन (दिलु तिलिजा), प्रदेश कमिटी सदस्य देउप्रसाद छन्त्याल र पार्टीका सल्लाहकार प्रा. डा. होमबहादुर बरुवाल रहेका छन् । म्याग्दीको निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज मुना बानियाँ, जिल्ला सचिव दुर्गा कार्की र सचिवालय सदस्य डम्बर पूर्जाको नाम सिफारिस गरिएको छ ।

म्याग्दीको निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ सचिवालय सदस्य जयन्द्र केसी, अनुप गौचन र जिल्ला कमिटी सदस्य ममता जुग्जालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य रुद्र किसान, बमबहादुर पाइजा र जिल्ला कमिटी सदस्य कल्पना सापकोटाको नाम सिफारिस गरिएको हो ।

म्याग्दीमा निर्वाचनको तयारी सुरु गरिसकिएको जिल्ला कमिटी अध्यक्ष विश्वकर्माले बताउनुभयो । संघ र प्रदेश मध्ये कुनै एक निर्वाचन क्षेत्र खाली नहुनेगरि मापदण्ड अपनाउन जिल्ला कमिटी म्याग्दीले नेतृत्वलाई आग्रह समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार