नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकले आगमी ०४ मंसिरमा हुने निर्वाचनका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेको जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुुसार, बैठकले संघको समानुपातिक तर्फ नरदेबी पुन र केपी अधिकारीको नाम सिफारिस गरेको छ । श्रेष्ठ एमाले म्याग्दीका पुर्व अध्यक्ष समेत हुनुहुन्छ । एमाले म्याग्दीले प्रदेशसभा निर्वाचनका लािग प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ बाटै उम्मेद्वार बन्ने आकांक्षीहरुको नाम सिफारिस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार