म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी असोज २६ गतेदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दीले १३ वटा स्वर्ण पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो ।

जिल्लाबाट करिव दुई सय जना खेलाडी सहभागी उक्त १४ विधाका खेलबाट जिल्लाले १३ स्वर्ण, २१ रजत र ३० कास्य पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । छनौट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदमा म्याग्दीका ३२ जना खेलाडी छनौट भएका अध्यक्ष केसीले बताउनुभयो । उनिहरुले बन्द प्रशिक्षणमा सहभागी भई नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भाग लिनेछन ।

एथलेटिक्समा लङजमतर्फ १ रजत, तेकवान्दो तर्फ २ स्वर्ण, ५ रजत र ११ कास्य पदक जितेको छ । भने २ जना राष्ट्रिय खेलमा छनौट भएका छन । करातेतर्फ ६ स्वर्ण, १ रजत र ८ कास्य जितेको छ भने ३ जना खेलाडी छनौटमा परेका छन । त्यस्तै उसुतर्फ २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने दुई स्वर्ण र २ रतज जितेका गरि ४ जना खेलाडी छनौट भएका छन ।

 

स्वर्ण पदक जितेको महिला भलिबलबाट ८ जना र पुरुष भलिबलबाट १ जना राष्ट्रिय खेलकुदका लागि छनौटमा परेको अध्यक्ष केसीले बताउनुभयो । बक्सिङतर्फ धवलागिरी गाउँपालिका ६ मराङकी एलिना गर्वुजाले स्वर्ण पदक जित्नुभएको थियो । उहाँ पनि राष्ट्रिय खेलकुदमा छनौट हुनुभएको छ । बास्केटवलमा पुरुषले रजत र महिलाले स्वर्ण पदक प्राप्त गरेका छन । पुरुष र महिला दुवैतर्फबाट ४÷४ जना खेलाडी राष्ट्रिय खेलमा छनौट भएका छन ।

महिला फुटवलबाट २ जना राष्ट्रिय खेलका लागि छनौट भएका छन । कवडी खेलमा महिलाले रजत र पुरुष कास्य पदक जितेका थिए । पुरुषका ३ र महिलाका ४ जना खेलाडी राष्ट्रिय खेलमा खेल्ने भएका छन । टेवल टेनिसमा कास्य पदक जितेको म्याग्दीबाट ४ जना र आर्चरीबाट दुई खेलाडी छनौटमा परेका छन । ७ रजत र ५ कास्य जितेको आइटिएफ तेक्वान्दोखेलबाट १ जना छनौट भएका छन ।

 

प्रतिभाशाली खेलाडीको छनौट, खेलाडीलाई कडा प्रशिक्षण, सवै खेलहरुमा टिम कोच तथा व्यवस्थापकको व्यवस्थापन, खेलकुद विकास समिति तथा विधागत समितिहरुको सक्रियता एवम् खेलाडीहरुको मेहनत र लगनशिलताले जिल्लाले विगतका बर्षहरुमा भन्दा यसबर्ष उत्कृष्ट नजिता प्राप्त गरेको समितिका अध्यक्ष केसीको भनाई छ । प्रतियोगितामा खट्ने प्रशिक्षक तथा व्यवस्थापकहरुलाई आभार प्रकट गर्दै अध्यक्ष केसीले जिल्लालाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापनको कार्यक्रम पनि छिट्टैनै आयोजना गर्ने बताउनुभयो ।

महिला भलिबलको मुख्य प्रशिक्षकमा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ र टिम व्यवस्थापकमा मलिन रोका, पुरुष भलिबलको प्रशिक्षकमा कुमार किसान र टिम व्यवस्थापकमा बाबुराम चोखाल, आर्चरीको प्रशिक्षकमा संघका अध्यक्ष डम प्रसाद पुन र टिम व्यवस्थापकमा तारामान रोका रहनुभएको थियो ।

 

महिला फुटवलको प्रशिक्षकमा सौगात गुरुङ र पुरुष फुटवलको प्रशिक्षकमा निशान गुरुङ, साजन फगामी र टिम व्यवस्थापकमा फुटवल संघका अध्यक्ष दिलिप बुढाथोकी रहनुभएको थियो ।

त्यस्तै एथलेटिक्सको प्रशिक्षकमा विनोद घर्ती र टिम व्यवस्थापकमा दिपेन राई, कराँतेको प्रशिक्षकमा विरेन्द्र श्रेष्ठ र व्यवस्थापकमा चन्द्र वुढाथोकी, कवड्ढीको प्रशिक्षकमा राजकुमार परियार र टिम व्यवस्थापकमा सन्तोष परियार र उसुका प्रशिक्षकमा विकल कँडेल हुनुहुन्थ्यो । टेवल टेनिको प्रशिक्षकमा प्रविण श्रेष्ठ, आइटिएफ टेक्वान्दोको प्रशिक्षकमा विवश वुढा मगर, पुरुष बास्केटवलको प्रशिक्षकमा विसन राना र महिला वास्केटवलको प्रशिक्षकमा एकिन पुर्जा रहनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार