नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा पुन

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन मगर (लोकेश ) चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।

पुन यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । लामो समयदेखी मगर समुदायको हकहितमा सक्रिय पुन विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ । कार्यसमितिको उपाध्यक्षमा खमबहादुर थापा मगर ,सचिवमा हिराबहादुर पुन ,कोषाध्यक्षमा विष्णुकुमारी रोका मगर र सहसचिवमा रमेश फगामी चयन हुनुभएको छ । सदस्यहरुमा तिलक पुन, देबेन्द्र फगामी ,अंकित पुन ,मिलन रोका ,टकसरा राना मगर,रामदेबी पुन ,निरज शेरपुजा मगर ,एकजित रोका मगर ,देव राना मगर ,लालमाया पुन ,धनबहादुर रोका मगर ,राजिन्द्र जुग्जाली मगर र बिजय घर्ति मगर रहनुभएको छ ।

यस अघिको कार्यसमिति अध्यक्ष डकमाया पाइजा मगर हुनुहुन्थ्यो । नयाँ कार्यसमितिका अध्यक्ष पुनले मगर समुदायको हक अधिकारका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय,प्रदेश र संघ सरकार संगको सहकार्यमा मगर समुदायको लोपोन्मुख भाषा ,कला संस्कृतीको जगेर्ना ,संरक्षण र प्रवद्धन गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो ।

राज्यका हरेक निकायमा मगर समुदायको पनि प्रतिनिधित्व गराउन लोकसेवा आयोगका कक्षा संचालन लगायत विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना सुनाउनुभयो । कार्यक्रमको उद्घाटन मगर संघ म्याग्दीका पुर्व अध्यक्ष तथा सल्लाहकार मनप्रसाद थजालीले गर्नुभएको थियो । उहाँले सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो । निवर्तमान अध्यक्ष डकमाया पाइजाको अध्यक्षता, सचिव खमबहादुर थापा मगरको संचालन ,उपाध्यक्ष लोकेश पुनको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी नेपाल मगर विद्यार्थी संघ म्याग्दीको पनि नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । दर्पण रोका मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार