निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव श्रेष्ठको निधन

  म्याग्दी न्युज संवाददाता

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव अमृतकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हृदयघाटका कारण विहिबार पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित राखु घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएको थियो ।

श्रेष्ठ नेपाली कांग्रेस म्याग्दीका नेता समेत हुनुहुन्थ्याे । श्रेष्ठको २ गते आइतबारका दिन अन्टेष्टी गरिने भएको छ । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी लगायतले श्रेष्ठको निधन प्रति दुख व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार