संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता

  म्याग्दी न्युज संवाददाता

मुना । आठौं संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम, जनकल्याण मावि गुर्जा दृतीय, चन्द्रज्योती मावि खिवाङ तृतीय र ताकम मावि सान्तवना भएका छन् ।

प्रथम दृतीय तृतीय हुने विद्यालयलाई क्रमश ः रु. १५ हजार, बाह् हजार, नौ हजार र छ हजार रुपैयाँका दरले पुरस्कारको साथमा प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी प्रावि स्तरीय चित्रकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए ।

मुनाल ज्यूचार इङलिस बोर्डिङ स्कुल मुना, ताकम मावि दृतीय, किसानी चन्द्रकुन्ता मावि धारापानी तृतीय र राम्चे आधारभूत विद्यालय सान्तवना भएका छन् । प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. पाँच हजार, चार हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने गाउँपालिकाका १७ जना खेलाडीहरुलाई जनही नगद रु. दुई हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता र शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले मन्तब्य व्यक्त गर्नुभएको थियो । संविधान दिवसको अवसरमा सोमबार साँझ गाउँपालिका कार्यालय परिसरमा दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार