ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकलाई (तस्बिरहरु)

पुरस्कारको रकमले फोहोर संकलन गर्ने डस्बीन खरिद गरिने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा सम्पन बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक पश्चिम दरबाङ ब्याडमिन्टन क्लबले हात पारेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा जिल्ला ब्याडमिन्टन संघ बेनीलाई पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेको आयोजक राज जुग्जाली र निशान गुरुङको टिमले तीस हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तथा द्धितिय हुन सफल जिल्ला ब्याडमिन्टन संघ बेनीको प्रवेश मगर र रामचन्द्र खत्रीको टिमले बीस हजार मेडल र प्रमाणपत्र हात पारेका छन् ।

त्यसैगरी तृतिय स्थान हासिल गर्ने बागलुङका दिपक घर्ति र विकास काउँचाको टिमले दश हजार सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । उक्त पुरस्कार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा,उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुन लगायतले वितरण गर्नुभएको थियो । २ असोजदेखी सुरु भएको प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको थियो ।

क्लबले यस अघि पनि प्रतियोगिता संचालन गरेको थियो । पुरस्कार बापत प्राप्त रकमबाट फोहोर संकलन गर्ने डस्बीन खरिद गरेर बजार भित्रका प्रत्येक टोल सुधार समितिलाई वितरण गर्ने निर्णय गरिएको क्लब अध्यक्ष राज जुग्जालीले बताउनुभयो । उहाँले विजेता ,उपविजेता सहित प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार