गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा,प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीद्धारा उम्मेदवारी दर्ता (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ र प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरीबहादुर भण्डारीले मनोनयन दर्ता गर्नुभएको हो ।

उम्मेद्वारी दर्ता गरेपछि गर्बुजाले जिल्लाको विकास ,समृद्धी र संविधानको रक्षाका लागि आफुहरुलाई मत दिन अपिल गर्नुभयो । जुग्जाली र भण्डारीले जिल्लाको विकास ,समृद्धि र संविधान रक्षाका लागि आफुहरुलाई मत दिएर जिताउन अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार