राष्ट्रिय महिला भलिबल :आर्मी माथि एपिएफको सानदार जित (फोटो /भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो ।

निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा आर्मीले पहिलो सेट २५ –१९ ले जित हातपारेको थियो । त्यसपछिका तिन सेट लगातार एपिएफले जितेको थियो । एपिएफले आर्मी माथि २५–१९,२५–२१,२५–२३ को जित निकालेको थियो । खेल अवलोकन गर्ने खुल्ला मञ्च दर्शकले भरिएको थियो ।

आज विहानको पहिलो खेलमा एपिएफकी निरुता ठकुन्ना उत्कृष्ट खेलाडी घोषित भएको खेलका अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत पुनले ट्रफि प्रदान गर्नुभएको थियो । खेलको अवलोकन गर्न शसस्त्र प्रहरी,नेपाली सेनाका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो । दोस्रो खेल दिउसो १ बजे बागमति प्रदेश र मधेश प्रदेशका बीच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार