नवौैं राष्ट्रिय खेलकुद :तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट सकिएकोमा नेपाली सेनाले दुई र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका छन् ।

 

राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक जितेका जानकारी दिनुभयो । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा शसस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्य पदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, शसस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्य पदक हात पारे ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गिता कडायतले स्वर्ण, शसस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बीनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समुहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार