नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकी र पुलिस सेमी फाइनल प्रवेश (फोटो/भिडिओ )

  म्याग्दी न्युज संवाददाता

बेनी । गण्डकी प्रदेश र प्रहरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्विनी र प्रदेश १ वाहिरिएका छन् ।

याे पनि‍‍‍‍‍‍‍‍‍‍

राष्ट्रिय महिला भलिबल : एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश (फोटो/भिडिओ )

मधेश र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, शसस्त्रले लुम्विनी, बाग्मतिले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमी फाइनल पुगेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमि फाइनल पुग्न सेकेन्। पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो ।

सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५ १७ को अन्तरमा पराजित गरेको हो ।मंगलबार सेमीफाइनलमा शसस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेश बिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । क्वाटर फाइनलको खेलमा नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पुर्णिमा राइलाई वमेन अफ द म्याच घोषणा गरिएको थियो ।लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार