राष्ट्रिय महिला भलिबल : एपीएफ फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो ।

भिडिओ हेर्नुहाेस् …

 

पहिलो सेटमा २५–२३ मा खेलेको बागमती त्यसपछिका तीन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो । निकै प्रतिस्पर्धा देखिएको खेलमा बागमतीका खेलाडीहरुले आफ्नो पक्षमा जित निकाल्न कोशिस गरेका थिए । आज नै दोस्रो सेमिफाइनल पुलिस क्लब र गण्डकी प्रदेश बीच हुने छ ।त्यसैगरी एपीएफकी निरुता ठगुन्ना वुमन अफ दी म्याच घोाषित हुनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार