गठवन्धनका उम्मेदवार जनताको घरदैलोमा

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन्। जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीली जनतालाई परिणाम देखिने गरी पाँचबर्षसम्म काम बताउँदै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको थियो ।

उहाँले घरदैलो अभियानमा जनताका गुनासा सुन्न मात्रै होइन्, प्रतिवद्धता सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने बताउनुभयो । अब नेपाली कांग्रेसको सरकार बनेपछि ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो ।

घरदैलो तथा भेटघाट कार्यक्रम अन्तरगत बेनपा–२, खवरामा आयोजित कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र ९क० का उम्मेदवार हरि भण्डारीले पाँचबर्ष भित्र गठबन्धनका उम्मेदवारले लोभलाग्दो विकास गर्नेै बताउनुभयो । उहाँले अहिले र पाँचबर्षपछिको प्रदेशसभा भित्रका विकास निर्माणको तुलना गर्ने अवस्था बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधिसभाका उम्मेदवार गर्बुजा सहितको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका केही बस्तीमा भेटघाट गरेको थियो । यसैबीच प्रदेश निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार नेकपा माओवादी केन्द्रक जिल्ला संयोजक सुविन जुग्जालीले पश्चिम म्याग्दीमा अहिलेसम्म जनताको आवश्यकता अनुसारको विकास निर्माणले प्राथमिकता नपाएको बताउनुभयो ।

’विकास निर्माणको क्षेत्रका धेरै पछाडी रहेका बस्तीहरुलाई अव विकासको लहर ल्याउने छौ,’झुटा आश्वासनले अहिलेसम्म विकास हुन सकेको छैन, अव विकासका लागि साझा उम्मेदवारलाई जिताउनुहोला‘ उम्मेदवार जुग्जालीले भन्नुभयो । जिल्लाभर गठबन्धनको अवस्था बलियो देखिएकाले इमान्दार मत हाल्दा कसैको प्रलोभनले विजय रोक्न नसक्ने निर्वाचन परिचाल टोलीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार