एमाले म्याग्दीद्धारा मतदाता भेटघाटलाई तिव्रता

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहितको टोलीले मालिका गाउँपालिका ६ दिच्याम र दुखुमा घरदैलो गरि मतदातासंग भेटघाट गरेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ंक) का उम्मेदवार देवेन्द्र कटुवाल सहितको टोलीले अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतको ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाको टोलीले धवलागिरि गाउँपालिका –२ लुलाङमा घरदैलो गरि भोट मागिएको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।

मालिकाको दिच्याम र दुखुमा घरदैलो गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै आगामी मंसिर ४ मा सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्नुभएको थियो ।

अभियानमा सहभागी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भुपेन्द्र थापाले नेकपा एमालेको सरकारले गरेको कार्यहरु जनभावना र राष्ट्रिय हितका लागि भएको भन्दै गठवन्धनको सरकारले जनतालाई सास्ती दिएको बताउनुभयो । संविधान र राष्ट्रियताको रक्षाका लागि मंसिर ४ पछि एमालेको सरकार बन्न आवश्यक रहेको भन्दै त्यसका लागि एमालेलाई जिताउनुपर्ने थापाको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य खरमाया विटालु, मालिका गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्वुजा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । घरदैलो अभियानका क्रममा मतदातालाई निर्वाचन शिक्षा समेत प्रदान गरिएको प्रदेश सभा निर्वाचन क्षेत्र (ंख) निर्वाचन परिचालन कमिटीका संयोजक विटालुले जानकारी दिनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतका गाउँहरुमा घरदैलो गरि प्रदेश (ंक) का उम्मेदवार देवेन्द्र कटुवालले मतदाताहरु समक्ष भोट माग्नुभएको छ । टोलीमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल, बेनी नगरकमिटी सचिव सुवास विश्वकर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ंख) का उम्मेदवार याम गर्वुजाको टोलीले धवलागिरी गाउँपालिका –२ लुलाङमा घरदैलो गरि मतदाताहरु समक्ष भोट अपिल गरेको छ । उम्मेदवार गर्वुजाको टोली सोमवार त्यतैबाट वडा नम्बर १ गुर्जा पुग्ने नेकपा एमाले निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार