जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। पर्वतको जलजला गाउँपालिका- ३, पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माझफाँट स्थायी ठेगना भएका चालक ३० वर्षी डम्बरबहादुर नेपाली रहेको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चालक नेपालीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइेतलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । तीन जना गम्भिर घाइेतहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास मिटर तल खसेर दुर्घटना भएको मिलनचोक प्रहरी चौकीका हवल्दार धनशिंह कुँबरले जानकारी दिए । उकालो र साघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनाको खबर पाउनसाथ स्थानीयवासी र प्रहरीको टोलीले घाइतेहरुलाई उपचारका लागि बेनी अस्पतामा ल्याइएको थियो । घाइेत हुनेहरुमा जलजला २ की १५ वर्षीय आशिस नेपाली, वर्ष ३० को सुमन नेपाली,उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ को सपना परियार,२० को प्रियङ्का बोहोरा,वर्ष ४० को माया दमाई,१३ को यसोदा परियार,२३ को रोजन सिंह रत्न,१० को नविन बर्देवा,१२ को सन्देश रत्न र वर्ष १४ को अजित नेपाली रहेका छन् । तीन जना गम्भिर घाइते आशिस परियार,सुमन नेपाली र सिर्जना परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार