म्याग्दीमा एमाले उम्मेद्वारलाई भोट मागेपछि मतदान अधिकृत कार्की जिम्मेवारीमुक्त

म्याग्दी । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५ ,मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई बिहिबार जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गर्नुभएको थियो । कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।

उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टिकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्विकार गर्नुभएकाे थियाे आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

‘निर्वाचन आचार संहिता विपरित कार्य गर्ने व्यक्तीलाई जरिवाना भएपनि अहिले उहाँलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ ,’उहाँले भन्नुभयो ,‘ उहाँको ठाउँमा सहायक निर्वाचन अधिकृत बिष्णुप्रसाद पौडेललाई बढुवा गरिएको छ ’कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मालिका गाउँपालिका–४, को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरितको कार्य गरेपछि जिम्मेवारीबाट हटाइनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार