मेरो चरित्र हत्या भयो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता क्याप्टेन डमहादुर पुनले भ्रामक सुचना प्रसारण गरी आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाउनुभएको छ । शुक्रबार पुनले प्रेस विज्ञप्ती जारी गर्दै बाहिर समाचारमा हल्ला चलाइए जस्तो लोकतान्त्रिक बाम गठबन्धनको विरुद्धमा नबोलेको बताउनुभएको छ ।

विहिबार एक अनलाइन ज्युज पोर्टलबाट ‘‘अन्नपूर्णमा गठवन्धनको चुनावी सभा, काँग्रेस नेता क्याप्टेन डमबहादुर गर्वजाले गरे बहिस्कार, भोट पनि नहाल्ने’’ शिर्षकमा प्रकाशित समाचारलाई लिएर क्याप्टेन पुनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको हो । ‘२०७९ मंसिर १ गते प्रकाशित तथा प्रचारीत भ्रामक समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । मेरो राजनैतिक पृष्ठभुमी ,सामाजिक व्यक्तीत्व ,र लोकतान्त्रिक निष्ठा र आचारण प्रति नै आँच आउने गरी तथ्यहिन र कपोकल्पित रुपमा सम्प्रेषित उक्त भ्रामक दुस्प्रचारको खण्डन गर्दछु ,’जारी प्रेस विज्ञप्तीमा भनिएको छ । साथै उहाँले  गठबन्धनका उम्मेद्वारलाई  सहयाेग गर्न समेत अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार