म्याग्दीमा गठबन्धनका उम्मेद्वार गर्बुजाको जित निश्चित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्रता कायम गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको मतगणना गर्न बाँकी रहँदा गर्बुजाले २२ हजार ७६६ मत प्राप्त गर्नुभएको छ । गर्बुजाका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले १९ हजार ३२ मत पाउनुभएको छ ।

गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उम्मेद्वारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार