म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम्भावना रहेका जलविद्युत र पर्यटन पुर्वाधारमा निजि ब्यवसायी, स्थानीय तह र प्रदेश र संघ सरकार मिलेर लगानीमैत्री वातावरण तयार गर्न ढकालले आग्रह गरे ।

????????????????????????????????????

जिल्लाको आर्थिक विकास लागि सम्भावना भएको प्राकृतिक स्रोतसाधनमा पर्यटन विकासका लागि स्थानीय र बाह्य लगानी गरेरमात्र सम्भव हुने बताउदै जिल्लाका स्थानीय तह, म्याग्दी उद्योग वाणिज्य संघ र निजि ब्यवसायी सहकार्य गरेर अघि बढेमा लगानीमा सहकार्य गर्ने प्रतिवद्धता जनाए । तीन तहको सरकारले निति निर्माणमा सकारात्मक रुपमा अघि बढ्दा ब्यवसायी क्रियाकलाप बढ्नुको साथै राज्यको आयस्रोत बढ्ने विश्वास ब्यक्त गरे । ‘नेपालमा सानी ब्यवसायीलाई लगानी अभाव छ, ब्यवसायीमा भएको समस्यालाई महासंघले समाधानका लागि नेपालका सरकारी नेतृत्वलाई जानकारी गराएको छ ।’ ब्यवसायीका समस्स्या छिट्टै समाधान हुर्ने विश्वास ब्यक्त गरे ।

????????????????????????????????????

पर्यटनसँगै कृषि, जलविद्युत् लगायतका क्षेत्रमा म्याग्दी अब्वल छ । उचित नीति र लगानी वातावरण तयार भएमा यहाँको सम्भावनालाई अघि बढाउन सकिने बताए । छरिएर रहेको पुँजीलाई संकलन गरेर हाइड्रो, केवुलकार र पर्यटन पूर्वाधारमा निर्माणमा लगानी गरेर सफल भएको उदाहरणहरु ब्यवसायी माझँ राखेका थिए ।

????????????????????????????????????

ढकालले नेपाल सरकारले करिव १ हजार ५०० मेगावाटको जलविद्युत पिपिए गर्दा कालीगण्डकी नदीमा सम्भावना रहेको १५० मेगावाटको जलविद्युत आयोजनाको पिपिए पास हुने वित्तिकै आयोजना अघि बढ्ने जानकारी गराए । ढकालले म्याग्दीले पर्यटन लक्षित गरेर केवुलकार लगायतको अन्य कुनै एक योजनाको प्रस्ताव महासंघमा लिएमा सहकार्य मार्फत लगानी जुटाउने प्रतिवद्धता ब्यक्त गरे । म्याग्दी उद्योगा वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बैंकको बढ्दो ब्याजदरले साना उद्योगी ब्यवसायी समस्या परेको जानकारी गराउदै यसप्रति महासंघले ध्यान दिन आग्रह गरे ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार