क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक

  धनिलाल गर्बुजा

म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हजार ४ सय ५५ रुपैयाँ र दग्नाम दर्मिजा समाज बेनी–गलेश्वरले १५ हजार रुपौयाँ जम्मा ५३ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइएकाे हाे । उक्त रकम दग्नाम दर्मिजा समाज बेनी गलेश्वरकी अध्यक्ष सरिता गर्बुजाले पीडितकी दिदी खिमकुारी सेरपुजालाई बेनीमा  एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभयाे।

सहयोग रकम हस्तान्तरण गर्दै समाजकी अध्यक्ष गर्बुजाले  क्यान्सर रोगको उपचार महगो हुनेहुदा पारिवारिक हैसियत र क्षमताले सम्भव नभएकोले  धनको साथै मन हुने देश बिदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु ‘कृष्ण बचाउ अभियान’मा जोडिएर हातमा साथ दिन आग्रह गर्नुभयो ।

आफ्नो १० वर्षीया छोरालाई आमाको साथलगाएर बच्चा र परिवारको सुनौलो भविष्यको सपना बुन्दै सन् २०२० मा अष्ट्रेलिय पुग्नुभएकी २७ वर्षीया कृष्ण बिगत २ वर्ष देखी पाठेघरको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । अहिले उहाँको  शरिरका अधिकांश भागमा फैलिएको पत्ता लागेपछी उहाँ निरन्तर चिकित्सकको निगारानीमा उपचार गराइरहनुभएकाे छ । उहाँले जिबन र मरनको दोसाँधमा रहेकी कृष्णले म बाँच्न चाहन्छु, सहयोग गरेर आफूलाई पुनर्जिवन दिन आग्रह गर्नुभएकाे छ।

एनआरएनए क्वीन्सल्याण्ड बुन्डबर्गको पहलमा ‘गोफण्ड मी अभियान’ चलाएर ४५ हजार अष्ट्रेलियन डलर उठाउने अभियान स्वरुप अघि बढाइएको अभियानबाट ३० लाख रुपैयाँ संकलन गरी कृष्ण गर्बुजालाई उपलब्ध गराईसकेको पीडितकी दिदी तिलकुमारी गर्बुजा छत्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो ‘डक्टरका अनुसार रेडिएसन थेरापी पद्धतिबाट उपचर गर्नु पर्ने र खर्च ६० लाख रुपैयाँ आबश्यक पर्ने भएकोले अझ ३० लाख रुपैयाँ अपुग हुनेहुँदा मोना अष्ट्रेलिय मार्फट कृष्ण बचाउ अभियान सुरु गरिएको छ, यस अभियानमा सम्पूर्ण मनकारी सहयोगीहरुले सहयोग गरिदिन अपिल गरेको छाै‌।’

अपुग रकम ३० लाख संकलन गर्ने लक्ष सहित ‘कृष्ण बचाउ अभियान’ सुरु गरेको मोना अष्ट्रेलियले जनाएको छ । देश तथा बिदेशबाट सहयोग गर्ने इच्छुक सहयोगीहरुले निम्न ठेगनामा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।

पीडितको दिदी  तिलकुमारी गर्बुजा छन्त्याल मोबाइल नम्बर– 0477946892 Australia

अष्ट्रेलियाको बैंक खाता विवरण

MONA AUSTRALIA

BSB Number: 062112

Account Number: 10214090

खिमकुमारी सेरपुजा माबाईल नम्बर– 9845400981 Myagdi Nepal

नेपालको बैंक  खाता विवरण  :

GARIMA BIKASH BANK

BENI BRANCH

MYAGDI OVERSEAS NEPALESE ASSOCIATION

02000100788745000001

( REFERENCE मा KRISHNA GARBUJA लेखिदिनु होला )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार