छिमेकीको बाँसको भाँटा प्रहारबाट एकको मृत्यु, तीन घाइते

महोत्तरी । मटहानी नगरपालिका ३ बरदाहाका २५ वर्षीय जावेद राईनको छिमेकीकै बाँसको भाँटा प्रहारले मंगलबार विहान मृत्यु भएको छ। स्थानीय हजरत राईन र अलिमन राईनबीच शौचालयको पानीको विषयमा भएको झगडा झडपमा परिणत भएपछि एक अर्कामाथि बाँसको भाँटाले हानाहान भएपछि दुवै तर्फका ४ जना घाइते भएको थिए।

मध्ये जावेदको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताउनुभएको छ। मृतकको आँगनको छेउमा शौचालय रहेको र सो शौचालयबाट निस्केको पानी मेरो आँगनमा किन आयो भन्दै मंगलबार विहानैदेखि झगडा सुरु भएको थियो। यसअघि पनि पटक पटक सो विषयमा झगडा हुँदै आएको डिएसपी विष्टले बताउनुभयो।

झडपमा दुवै पक्ष मध्येका छोटन राईन, हसरत अलि र मोतालिक कवाडी समेत घाइते भएको उहाँले बताउनुभयो। घाइते सबैको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भई रहेको र मोतालिकको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि बाहिर पठाइएको डिएसपी विष्टले बताउनुभयो ।

यता घटनामा संलग्न हसरफ राईन र अकमानुल राईनलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरि रहेको उहाँले बताउनुभयो। डिएसपी विष्टले प्रहरीले घटनालाई गम्भिरता साथ अनुसन्धान गरि रहेकोले दोषी उम्कन नपाउने दाबी गर्नुभयो। यता मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल घटनाबारे जानकारी पाए लगत्तै घटना स्थल पुगेर थप जानकारी लिनुभएको छ।nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार