म्याग्दीमा बाढी–पहिरो कहर : ३६३ बढीलाई सुरक्षित स्थानमा सारियो,सडक र विद्युत अवरुद्ध

साधन राम्जाली
बेनी । केही दिन यता परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी,पहिरो र नदी कटानले ठुलो क्षती पु¥याएको छ ।बेनी –जोमसोम र बेनी दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखी ग्रामिण क्षेत्र जोड्ने सडक र बिद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाभर करिब एक सय घर विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको शुक्रबार सम्मको तथ्याङक अनुसार जिल्लाको धवलागिरी गाउँलिका बाहेकका सबै पालिकामा गरी ९२ घर विस्थापित भएका छन् । विस्थापित ३६३ जनालाई स्थानान्त्ररण गरिएको छ ।

त्यस्तै १४ घर पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिकामा ४६,अन्नपुर्ण गाउँपालिकामा १० ,मालिका गाउँपालिकामा २७ ,रघुगंगा गाउँपालिकामा ८ र मंगला गाउँपालिकामा १ घर विस्थापित भएका छन् । त्यस्तै जिल्लाका विभिन्न ठाउँमा विद्यालयका भवन ,खेलमैदान लगायत भौति संरचनामा क्षती पुगेको छ ।

https://myagdinews.com/2021/06/%e0%a4%a4%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%9f%e0%a5%8c%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%8f/

अझै यो संख्या बढ्ने छ । बाढीपहिरोबाट जिल्लामा तीन जना घाइते भएकोमा तीनै जनालाई थप उपचारका लागि सडक र हवाईमार्ग हुँदै पोखरा पठाइएको छ । जोखिमयुक्त बस्तिका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेका स्थानीय तहहरुले अस्थाई बसोबासको ब्यवस्थाका लागि नगद र खाद्यान्न उपलब्ध गराएका छन् । ‘बेनी नगरपालिका भित्रमा बाढी पहिरो र नदी कटानबाट पीडित परिवारलाई तत्काल राहत स्वरुप १५ हजार रुपैयाँ सहित खाद्यान्न र आवश्यकता अनुसार त्रिपाल तथा पाइप उपलब्ध गराएका छौं’,नगरप्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो ।

https://myagdinews.com/2021/06/%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b9%e0%a4%b0-%e0%a4%b5/

‘बर्षातको समय सुरु भएसंगै ‘मनसुन आपतकालिन कार्ययोजना २०७८’ तयारी गरेर स्थानीय तहलाई बाँडिएको र सोही अनुसार स्थानीय तह परिचालित भएका छन् ,’जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भन्नुभयो । भिरालो जमिन र कमजोर भुगोल तथा जथाभावी रुपमा खनिएको सडकका कारण प्राकृतिक प्रकोप निम्तिएको प्रजिअ अधिकारीको भनाई छ ।त्यस्तै अविरल बर्षाका कारण आएको बाढी पहिरो र नदी कटानले पोल ढलाएपछि म्याग्दीका विभिन्न ठाउँमा विद्युत सेवा अबरुद्ध भएको छ । यसैगरी मालिका गाउँपालिकाको वडा नम्बर २ रुममा २२ किलोवाट क्षमताको पात्लेखहरे लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाए पछि ३६० घरधुरी अन्धकारमा बस्न बाध्य भएको वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

https://myagdinews.com/2021/06/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%a4/

https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b/

पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि बेनी बजारमा खानेपानीको अभाव भएको छ । बस्ती संरक्षणका लागि बनाइएको तटबन्ध बगाएपछि जिल्ला सदरमुकाम बेनी बजार, मालिकाको केन्द्र दरबाङ, मंगलाको हाडेभिर,बेनीको सिंगा तातोपानी, अन्नपूर्णको भुरुङ तातोपानी र बेनीको बगरफाँट कटानको उच्च जोखिममा परेका छन् । बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले माग गर्नुभएको छ । जिल्ला विपद व्यवस्थापन समितिको अभिलेख अनुसार गत बर्ष रघुगंगा गाउँपालिकामा १६,अन्नुर्ण गाउँपालिकामा १५,मंगला गाउँपालिकामा २३,बेनी नगरपालिकामा ५७ ,धवलागिरी गाउँपालिकामा ५९ ,मालिका गाउँपालिकामा ८९ घर समेत जिल्लाका २४७ घर बाढी पहिरोले पुर्ण रुपमा विस्थापित छन् ।

https://myagdinews.com/2021/06/%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%99-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%95/

त्यसैगरी घर नभत्केका तर वस्ती÷घर पहिरोको उच्च जोखिममा परेका ८ सय २१ घरलाई स्थानान्त्रण गरी सुरक्षित स्थानमा पुर्नवास गराउनु पर्ने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । क्षती भएका २४७ घर निर्माणको चरणमा रहेका प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले ४० वटा र अन्य संघ ,प्रदेश र स्थानीय तहको संयुक्त साझेदारीमा स्थानीय तहले आवास पुर्ननिर्माण थालेका छन् ।

https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%85%e0%a4%ac%e0%a4%b0/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार