दरवाङमा नेकपाको सपथ

म्याग्दी, बुधबार असार ४ गते । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्ष अनुप गौचनको अध्यक्षता सचिव ओमकार रोकाको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँपालिका कमिटि अध्यक्ष बेगप्रसाद गर्वुजाले सबै वडामा पुर्ण बैठक सम्पन्न गरिएको र अव बस्तीस्तरमा संगठन विस्तारलाई तिव्रता दिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार