बेनीमा दुई दिने माघेसंक्रान्ति मेला हुने

साधन राम्जाली मगर 
बेनी बिहिबार पौष १९ गते । नेपालीहरुको महान पर्व माघेसंक्रान्ति तथा म्याग्दी भ्रमण बर्ष २०७५को अवसरमा म्याग्दीमा दुई दिने माघेसंक्रान्ति मेला हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनमा म्याग्दीको सदरमुकाममा आगामी पौष ३० देखी माघ १ गतेसम्म दुई दिन सम्म विविध कार्यक्रम सहित माघेसंक्रान्ति मेला हुने भएको हो ।


दुई दिन सम्म संचालन हुने मेलाको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले उद्घाटन गर्ने आयाजकले जानकारी दिएको छ । महिलाको क्षमता अभिबृद्धी ,मौलिक लोक संस्कृतीलाई संरक्षण ,माघे संक्रान्तिको जगेर्ना तथा स्थानिय उत्पादनलाई पर्वद्धन गर्ने उदद्धेश्यले मेलाको आयोजना गार्न लागिएको आयोजक समितिकी अध्यक्ष सुनिता केसिले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।


दुई दिन सम्म सञालन हुने मेलामा जिल्लाका ६ वटै स्थानीय तहका महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु मेलामा प्रदर्शनमा राखिने उहाँले बताउनुभयो ।
यसपटक बेनी नगरपालिका वडा नम्बर ८ स्थित कालिपुल वसपार्क क्षेत्रमा मेलाको आयोजना गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । कालिपुल क्षेत्रको सरसफाईमा सरोकारवाला निकायको ध्यान आकर्षीत गर्न र व्यवसाय प्रवद्र्धन गर्न कालिपुललाई छनौंट गरिएको उहाँले बताउनुभयो ।
दुई दिन सम्म सञ्चालन हुने मेलामा ७ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कालिपुल क्षेत्रको सरसफाईमा सम्बन्धित निकायले कुनै चासो दिएको छैन,अव हामीले त्यहि क्षेत्रमा मेला आयोजना गरेर सरसफाई गर्न दवाव दिन्छौ उहाँले भन्नुभयो ।

दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष २०७५ विषयक खुल्ला लोकगीत प्रतियोगिता,महिला पुरुष अन्धनिशान,महिला पुरुष छेलोफाल्ने,महिला पुरुष लठोतान्ने प्रतियोगिताका र स्थानीय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलाको उद्घाटनमा स्थानीय जाताजातीको भेषभुषा सहित कलासंस्कृति प्रदर्शन गरिने छ ।

मेलामा जिल्लाका साथै बागलुङ र पर्वतका महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रचार प्रसारको लागि पर्दशनी समेत गरिने समितिका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की जानकारी दिनुभयो ।
उवासंका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीका महिलाहरु उद्यमशिलता तर्पm लाग्नेक्रम बढेकाले उनीहरुकै आयोजनामा हुने मेलालाई सफल बनाएर थप हौसला दिनुपर्ने बताउुभयो ।
समितिकी अध्यक्ष केसीको अध्यक्षता,महासचिव विष्णु गुरुङको सञ्चालन र प्रथम उपाध्यक्ष कार्कीको धन्यबादमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ,द्धितिय उपाध्यक्ष राजेश शाक्य,महासचिव लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार