काठमाडौं ,विहिबार फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् ।
पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए । स्थानीय तहसम्मका कमिटिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने उनले बताए ।
पार्टीका अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए । राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपा ल्याउने प्रयास गरिने उनले बताए ।
पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको बताए । उनले जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बीच बुधबार पार्टी एकता घोषणा भएको थियो । नेपाल टाइम्स