कैलाली । नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहर...
अपराध
-
-
अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी
लमजुङ । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा बिहान आगजनी भएको भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष...
-
सुनसरीमा लागुऔषध कारोबारमा संलग्न एक महिलासहित ४ जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागुऔषधको कारोबारमा संलग्न रहेका एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुन...
-
चेक अनादर मुद्दामा सहदेव कक्षपति जेल चलान
काठमाडौं । नेपाली राजनीतिका उच्च तहका नेताहरु र उच्च तहका कर्मचारीसँग उठबस गर्ने सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ । चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो । शनिवार पक्राउ गरिएका कक्षपतिलाई ...
-
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता बनाउने कर्मचारीसहित तीन जना पक्राउ
बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएक...
-
सालकको अखेटोपहार सहित ३ जना पक्राउ
काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनस...
-
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
झापा । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्...
-
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् । महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरे...
-
स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित २ जना पक्राउ
रौतहट । रौतहटको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले...
-
भक्तपुरबाट बसमा मृग ल्याउने व्यक्ति पक्राउ
भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प...




















