• फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

    चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री ...

  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहे...

  • रोल्पामा ६ केजी चरेससहित एक पक्राउ

    दाङ । ६ केजी चरेससहित रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कम...

  • सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झु...

  • गोरखामा छोराको कुटाईद्वारा बाबुको मुत्यु

    गोरखा । छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यु भएको छ। धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षीय तुलराम ढकालको ज्यान गएको हो। ४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगि...

  • महिला ट्राफिक प्रहरीको बर्दी च्यातेको आरोपमा रुपन्देहीको सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ

    काठमाडौँ । रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा...

  • नक्कली छाप बनाएर रावश्व असुल्ने व्यक्ति पक्राउ

    बारा । जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुल गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२ का अजयकुमार साहलाई जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको क्षेत्...

  • उदयपुरमा बालिका बलात्कारको कसुरमा १५ वर्षीय किशोरलाई १२ वर्ष ६ महिना जेल

    उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजा...

  • सिन्धुलीमा कार्यरत इन्सपेक्टर चौरसिया निलम्बित

    काठमाडौं । ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) मेघराज प्रसाद चौरसियालाई गृह मन्त्रालयले निलम्बन गरेको छ । गृहसचिव स्तरीय निर्णयअनुसार उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा उनले आर्थिक अनियमितता गरेको बताइएको...

  • चोरी र ठगीका तीन फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी र चोरी मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–६ घाँसचोकका ५३ वर्षीय मो. सकिल खान, विराटनगर महानगरपालिका–१ शान्ति चोकका ३० वर्षीय लाले राय सहनी, र ४८ वर्षीय दिपेश राय सहनी रहेका छन् । मो. सकिल खानलाई जिल्ला अदालत मोरङले २०७५ कात्तिक १९ गते ठगी मु...