• खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु

    झापा । झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनक...

  • दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

    दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा क...

  • ताप्लेजुङमा एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

    सुनसरी । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्। बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीय...

  • बाढीले विद्युतको गाडी बगाउँदा एक जनाको मृत्यु, २ बेपत्ता

    कपिलवस्तु । वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए। व...

  • खोलाले बगाउँदा एकको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्। स्थानीय ६० वर्षीय राम समुझ थारु मृत अवस्थामा फेला परेका हुन। मृतक थारु साँझ ६ बजेतिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका थिए। घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएको परिवारदले जनाएका छन्। उन...

  • छोराको जन्मदिन मनाउन हिँडेका बुबाको नयाँ बसपार्कमा बसको ठक्करबाट मृत्यु

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए । पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लाम...

  • ललितपुरको भट्टेडाँडामा पहिरो, पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै

    ललितपुर । ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरह...

  • नवलपरासीमा पाउरोटी बोक्ने गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

    नवलपरासी । नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। तस्बिरस् सेतोपाटी।नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन । नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बग...

  • गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    नवलपरासी पश्‍चिम । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ...

  • पाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता

    तानसेन । पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोलेपाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ...