दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार ...
समाज
-
-
चितवन माडीका सुकुम्वासी चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण
चितवन । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय...
-
सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना सङक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।...
-
खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...
-
सिडेनको अध्यक्षमा देउवा समूहका थानी विजयी
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको अध्यक्षमा उमेश थानी विजयी भएका छन् । सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् । थापालाई कृष्णप्रसाद सिटौला समूहको साथ रहे पनि देउवा पक्षकै थ...
-
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित
बेनी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । बुटवलको भलबारीमा शुक्रबार सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनमा ७१८ मत प्राप्त गरी बरुवाल नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष खम थापा मगरले जानकारी दिनुभय...
-
कर्णाली प्रदेशमा ४९४ फरार प्रतिवादी पक्राउ
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४ सय ९४ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४ सय ९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्र...
-
सिराहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
जनकपुरधाम । सिराहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको सिरहा नगरपालिका वडा नम्बर १८ सडकमा ना ७ त २६५७ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा वडा नम्बर २ का ट्रयाक्टर चालक २६ वर्षीय सुरजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। द...
-
ट्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला
सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखिय...
-
लक्ष्मी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो कार्डरहित एटीएम सुविधा
काठमाडौं । लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा ए...






















