• मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...

  • एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको शुक्रवार सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले ज...

  • पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा ५ लाख बढी सहयोग

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा ५ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्...

  • वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

    मराङ। म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्...

  • मल्कबाङको जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहि...

  • करिब दुई दशक विदेशमा विताएर भेडिगोठ सम्हाल्न कस्सिएका हिमबहादुर

    बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपालमुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर...

  • दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७, धारापानीसम्मको ६ दशमलव ६ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्मा...

  • दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज

    म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक ...

  • गोठमै मितेरी साइनो लगाउँदा…

    बेनी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५,मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम...

  • उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा

    ताकम । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुनुभएको छ...