• ढिस्कोले पुरिएर एक बालकको मृत्‍यु

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्...

  • कोरोनाबाट एमाले कास्कीका नेता भण्डारीको मृत्यु

    कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (नेपाल समूह) शोभखर भण्डारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारको क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको उहाँको मणिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको जिल्ला अध्यक्ष (नेपाल समूह) धनराज आचार्यल...

  • उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन कर्मचारीको मृत्यु

    उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। हिजो बेलुका र आज बिहान ३४, ५४ वर्षीय पुरुष र ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको शिक्षण अस्पतालमा उ...

  • दुर्घटनामा परी एक दम्पतीको मृत्यु

    सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ न...

  • नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री सिंहलाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित भएका छन् । उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य...

  • ९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछ...

  • म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु

    बेनी ।म्याग्दीमा  सोमबार मात्रै  ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य...

  • संक्रमितको होम आइसोलेशनमै मृत्यु

    काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको...

  • भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो। आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले...

  • उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

    काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हु...