दोलखा । कोरोना भाइरसका कारण दोलखामा बुधबार राति एक वृद्धाको मृत्यु भएको छ। यो दोलखा जिल्लाभित्र कोरोनाका कारण पहिलो मृत्युको ‘केस’ भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। यसअघि जिल्लाबाट उपचारका लागि राजधानी लगिएका र राजधानीमै रहेका संक्रमितको मृत्यु भएको थियो। कोरोनाका कारण बुधबार राति ज्यान गुमाएकी वृद्धा जिल्लाको ...
स्वास्थ्य
-
-
प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना मुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र म प्र...
-
अस्पताल ल्याउँदा-ल्याउँदै वडाध्यक्ष न्यौपानेको निधन
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। ‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,...
-
५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका
काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ...
-
सुनसरी र मोरङमा थप दुईजना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सुनसरी र मोरङमा २ जनाको मृत्यु भएको छ । मोरङको रंगेलीमा ७२ वर्षी पुरुषको गएराति र सुनसरी धरानका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । रंगेलीका पुरुषको आइसियूमा उपचार भइरहेको थियो । अर्का पुरुषमा दीर्घरोग नदेखिएको चिकित्सकले बताएका छन्...
-
भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या
काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्। घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा...
-
जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...
-
विराटनगरमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु
मोरङ । विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर महानगर वडा–५ का अध्यक्ष मिनकुमार आचार्यले बताए । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देख...
-
आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी ...
-
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
धरान । धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो। मृतकलाई असोज १२ गते कोरोना संक्रमण पुष्...