• लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । उनका स्वकीय सचिव पवन कुँवरले केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । प्रदेश ५ को नाम र राजधानीका लागि प्रदेस सभामा प्रस्ताव पेश गर्नेदेखि सक्रिय सहभागी भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्...

  • जग्गााको निहुँमा दलित महिलामाथि ६ जनाको समूहले निर्घात कुटपिट

    रूपन्देही । रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका १ बेलवाका २४ वर्षीय शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गरि कुटपिट भएको हो। कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हात...

  • कर्मचारीमा कोरोना देखिएपछि विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड १९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो । विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीक...

  • दोलखामा कोरोनाबाट वृद्धाको मृत्यु

    दोलखा । कोरोना भाइरसका कारण दोलखामा बुधबार राति एक वृद्धाको मृत्यु भएको छ। यो दोलखा जिल्लाभित्र कोरोनाका कारण पहिलो मृत्युको ‘केस’ भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। यसअघि जिल्लाबाट उपचारका लागि राजधानी लगिएका र राजधानीमै रहेका संक्रमितको मृत्यु भएको थियो। कोरोनाका कारण बुधबार राति ज्यान गुमाएकी वृद्धा जिल्लाको ...

  • प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना मुक्त

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र म प्र...

  • अस्पताल ल्याउँदा-ल्याउँदै वडाध्यक्ष न्यौपानेको निधन

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। ‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,...

  • ५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका

    काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ...

  • सुनसरी र मोरङमा थप दुईजना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सुनसरी र मोरङमा २ जनाको मृत्यु भएको छ । मोरङको रंगेलीमा ७२ वर्षी पुरुषको गएराति र सुनसरी धरानका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । रंगेलीका पुरुषको आइसियूमा उपचार भइरहेको थियो । अर्का पुरुषमा दीर्घरोग नदेखिएको चिकित्सकले बताएका छन्...

  • भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या

    काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्। घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा...

  • जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु

    काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...