• अफगानिस्तानबाट उद्धार १२७ नेपाली काठमाडौं आइपुगे

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्य...

  • काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँग...

  • मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

    एजेन्सी । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ।संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। 'मन्त्रिपरिषद्ले राजा...

  • अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए । ...

  • अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा वि...

  • अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताउनुभयो । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश...

  • काबुलमा लडाकू प्रवेश गर्न थालेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक

    काठमाडौं । अफगानिस्तानको राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि उनले आपतकालीन बैठक बोलाएका हुन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्...

  • पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सि...

  • बाढीमा परेर टर्कीमा २७ जनाको मृत्यु

    एजेन्सी । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही ...

  • र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे

    काठमाडौँ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा...