रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका ...
मुख्य समाचार
-
-
गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु
धनुषा । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर...
-
त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुनसहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब...
-
डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार
बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूह...
-
एआइजीपी थापा बुधबारदेखि काममा फर्कने
काठमाडौँ । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने हुनुभएको छ । सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फ...
-
इद पर्वले समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली...
-
मकवानपुरमा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु
काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र ...
-
एमालेको मालिका गाउँपालिकाको दुखुमा चुनाव लक्षित कार्यक्रम
म्याग्दी ।आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा सोमबार मालिका–६, दरबाङको दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा सम्पन्न गरिएको हो । चुनाबी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्...
-
दानामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षक...
-
डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा
म्याग्दी । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले बेनी नगरपालिकामा चुनावी प्रचारलाई तिव्रताका साथ अगाडि बढाएको छ । सोमवार बेनी नगरपालिका कमिटीले बेनपा ४ डाँडाखेत, बेनपा ५ बगुवाखोला र बेनपा ६ छापमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमालेबाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसी, उप प्रमुख प...





















