• प्रधानमन्त्री देउवा बनारसमा

    काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुग्नुभएको छ । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश...

  • श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

    एजेन्सी । कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ । नयाँ प्रतिबन्ध रोक्न पहल...

  • माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाई हुन लागेको हो । अध्यक्ष नेपालसहितका १...

  • एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नुहुनेछ । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा हुनुहुन्छ । शनिबार खोटाङ पुग्नुभएका त्यसअघि पश्चिम ...

  • प्रधानमन्त्रीको​​​​​​​ भारत भ्रमणबारे ओलीले झुट बोले : थापा

    सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गर्नुभएको छ । थापाले भन्नुभयो, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजन...

  • देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

    सिमरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभएको छ । हिजो बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रह...

  • पुराना दलहरूको आयु सकियो : अध्यक्ष ढकाल

    काठमाडौँ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरूको आयु सकिएको बताउँदै उनीहरूले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा...

  • बेनी नगरपालिका–१ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा थापा मगर

    म्याग्दी । नेकपा एमालेले बेनी नगरपालिका– १, रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प...

  • माओवादीले मालिका–३ काे वडा अध्यक्षमा बुढालाई उमेद्वार बनाउने

    बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इ...

  • शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

    बेनी । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘य...