• नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी ...

  • म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

    म्याग्दी । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिल...

  • १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईं छन्। उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका थिए। उनल...

  • कर्णालीका ४ जना सांसद्लाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमालेको ‘भ्याकेट निवेदन’

    काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसद्लाई पुनःवहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा (एमाले)ले पुनरावेदन दर्ता गराएको छ । पार्टीको निर्देशनविपरीत ४ जना सांसद्ले कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका थिए । निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार...

  • टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापासहित दुई जनाको मृत्यु

    धनकुटा । मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ। धनकुटाबाट झापा जाने क्रममा गएराति ७:४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालि...

  • सेप्टिक ट्याङ्की भत्किएर २ जनाको मृत्यु

    सङ्खुवासभा । सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा म...

  • सेनाका एक सिपाहीले आफैँले आफूलाई गोली हाने

    पर्सा । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन । ती सिपाहीले आफैले बोकेको एम सिक्स्टीन राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। घटना विवरण अनुसार गएराती साढे ८ बज...

  • रूपन्देहीमा नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

    रुपन्देही । रूपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्...

  • टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    बागलुङ । पोखरा–बागलुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...

  • समाजसेवी रोकाको पहलमा स्वास्थ्य सामग्री सहयोग

    बेनी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा बस्नुहुने समाजसेवी मुक्ती रोका मगरको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएकोछ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँ स्वास्थ्य चौकीलाई अक्सीजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका म...