काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ...
राष्ट्रिय
-
-
देशभर थपिए ४८१ कोरोना संक्रति , ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने
काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरि...
-
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
झापा । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्...
-
नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ टोली काठमाडौंमा
काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आइतबार काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको हो । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द...
-
नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण
काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत ...
-
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् । महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरे...
-
माइतीघर मण्डलामा १५ दिनदेखि उखु किसानहरुको प्रदर्शन जारी, अझै भएन सुनुवाई
काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुन...
-
लामो पुल पर्यटकको रोजाइ
बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो। कालीगण्डकीको बहाव निरन्तर थियो। सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो। बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङका स्थानीयवासीको सहजता र पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो...
-
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट...






















