काठमाडौं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित क...
राष्ट्रिय
-
-
शनिबारदेखि बेपत्ता भएकी महिला मृत फेला
झापा । शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेल...
-
सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित ४ स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण
काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चारवटा स्थानीय तहका नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ । जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, ज...
-
विराटनगरमा जाडो छल्न बालेको घुरको आगोले घर जल्दा एकको मृत्यु, २ घाइते
विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविन...
-
रकम जम्मा गरेपछि अन्नपूर्ण उद्योगको चिनी बेच्न अनुमति
सर्लाही । आपूर्तिकर्ताले प्रशासन नियन्त्रित अन्नपूर्ण चिनी उद्योगको खातामा रकम जम्मा गरेपछि चिनी बेच्न अनुमति दिइएको छ । खातामा जम्मा भएको रकम उखु किसानलाई वितरण गरिने छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुमति दिएपछि शनिबार धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगको गोदाममा राखिएको चिनी बेच्न लगिएको छ । यो उद...
-
संसद विघटनको सिफारिस असंवैधानिक, फिर्ता लिनुपर्छ:नेता नेपाल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक र गलत निर्णय भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने बताएका थिए। प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकद...
-
प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जारी मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले म संसद विघटनको सिफारिस गर्छु भन्दै मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका छन्। संसद् बिघटनबारे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ...
-
संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअ...
-
वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने
वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ। मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन सुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन्। मन्त्री फ...
-
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनामा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट ...





















