• गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन

    बेनी । शिवरात्री पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरधाम मन्दिरमा चार लाख बढी भेटी संकलन भएको छ । शुक्रबार गलेश्वरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी शनिबार बिहान गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार,यस वर्षको महाशिवरात्री पर्वमा ४ ...

  • कांग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो : नेता शर्मा

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा ने...

  • म्याग्दीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो (तस्बिरहरु)

    म्याग्दी । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ ...

  • गलेश्वरमा भक्तजनको भीड (फोटो फिचर)

    गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । गलेश्व...

  • गलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

    गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मु...

  • कालिगण्डकी र म्याग्दी नदी दोभानमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटोफिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...

  • माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक

    म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख ...

  • राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो (फोटो फिचर)

    म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ ।जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर ...

  • भीम मावि भवन उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार...

  • नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)

    देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक क...