• बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने नेपाल बारको चेतावनी

    काठमाडौँ । नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताउनुभएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्ले...

  • २७ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारो...

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल

    काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबान लगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बता...

  • प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः...

  • शुक्रबारसम्म लाइसेन्सको नयाँ आवेदन खुल्छः विभाग

    काठमाडौँ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउँदैछ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्ने भएको हो। दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था वि...

  • अमेरिकाले उपलव्ध गराउने १ लाख फाइजर खोप भोलि आइपुग्ने

    काठमाडौँ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या ...

  • पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाउनुभयो । चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उह...

  • सर्वोच्च बारको बैठक बस्दै, टि ब्रेकमा प्रधानन्यायाधीशसँग भेटघाटको तयारी

    काठमाडौं । आइतबार सर्वोच्च बारको बैठक बस्ने भएको छ । एकल इजलासमा एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने विवादकाबीच सर्वोच्च बारको बैठक बस्न थालेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यतासम्बन्धी गणेश रेग्मीले दायर गरेको रिटमा हरि फुयाँलको एकल इजलासले एमिकस क्युरी माग गरेको थियो ।सर्वोच्च बारले भने उक्त मुद...

  • सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

    कैलाली । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएको हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमान...

  • फाइजर खोप दीर्घरोगी बालबालिकालाई

    काठमाडौँ । सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । सोमबार अर्थात...