• सेनाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक हतियार प्रदान

    काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

  • मुख्यमन्त्री पोखरेलको प्रेस संयोजकमा भरत कोइराला नियुक्त

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता सुरु गरेका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत ...

  • नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको कोरोना संक्रमणबाट निधन

    सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ। कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिनुभयो। शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञ...

  • मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइ...

  • रौतहटमा बाढी तथा डुबानमा परी ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

    रौतहट । केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको म...

  • सिरुटारको चमेली वनमा एक पुरुष मृतावस्थामा फेला

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रनि पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी हेर्दा ...

  • लागुऔषध ब्राउनसुगरसहित पाँच युवा पक्राउ

    काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...

  • हुम्लाका ९ बालबालिकाको काठमाडौंबाट उद्धार

    सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिक...

  • बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला

    बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति ...

  • मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ । आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्...