• गठबन्धनको अन्तिम उत्सव सकियोः एमाले उपमहासचिव रिमाल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘अपहरित पुरानो जन...

  • कर्णाली प्रदेश समन्वय परिषद्को बैठक बस्दै

    सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सिद्धार्थ होटलमा परिषद्को बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो । 'सबै पालिकाका प्रमुखरउपप्रमुख एवम् अध्यक्षरउपाध्यक्षज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठक...

  • पूर्वअर्थमन्त्री खतिवडाको निर्णय सर्वोच्चले उल्ट्यायो, अवकाश सुविधामा १५ प्रतिशत कर नलाग्ने

    काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले खतिवडाको निर्णय उल्ट्याएको हो । गत मंसिर २१ गते बसेको इजलासले गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठले डा.खतिवडाको निर्णय उल्ट्याएको...

  • काँग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त

    काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेर...

  • स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी

    काठमाडौं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबा...

  • कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी

    काठमाडौँ । कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । यु...

  • राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा नेकपा एसकी राई विजयी

    विराटनगर । राष्ट्रियसभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बन्नुभएको हो । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्र...

  • निर्वाचन राष्ट्रिय मुद्दा हो, यसमा राजनीति गरेर भ्रम नछर्नुस् : सञ्चारमन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनबारे भ्रम फैलाएको बताउनुभएको छ । उहाँले सरकारले संविधानको व्यवस्थाअनुसार समयमै आवधिक निर्वाचन गर्ने र त्यसबारे पूर्णरुपमा सतर्क रहेको बताउनुभयो । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कील...

  • राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित

    काठमाडौँ । निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो । निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम ...

  • तीन तहको निर्वाचन एकै पटक सम्भव छैन : गुरुङ

    पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भ...