• लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू

    दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको थिए । मतदान सकिएसँगै मतगणना सुरु भ...

  • मधेश प्रदेशमा ६ जना जनप्रतिनिधिले गरेनन् मतदान

    जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प...

  • राष्ट्रियसभा निर्वाचन : माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाए

    हेटौडा । यतिबेला राष्ट्रियसभाको मतदान चलिरहेको छ । बागमती प्रदेशको मतदान स्थलमा भने लफडा भएको छ । माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि लफडा भएको हो । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो । उनले फो...

  • मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी मतदान

    धनुषा । मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ । कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाउनुभएको छ । प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताउनुभयो । मधेस प्रदेशमा राष्ट्...

  • आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्छ : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताउनुभयो। ‘...

  • राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ११५ मत खस्यो

    विरेन्द्रनगर । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो। तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रत...

  • राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध न...

  • जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर घाइते

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते हुनुभएको छ । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल हुनुहुन्थ्यो । उहाँहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै हुनुहुन्थ्यो । त्य...

  • गौतम दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उहाँकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उहाँका छोरा हरिश दाहालले जानकारी दिनुभएको छ । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेख्नुभएको छ...

  • भोट हाल्न हिडेका सांसद चौधरी दुर्घटनामा परी घाइते

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेका छन् । उनी सवार गाडी ट्रकसँग ठक्कर खाएपछि उनी घाइते भएका छन् । सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद...