काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबार...
राजनिति
-
-
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताउनुभयो । 'केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भन्नुभयो । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पा...
-
कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताउनुभएको छ । १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उहाँको दाबी थियो। पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट ...
-
संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे एकैसाथ बस्न लागेको हो ।संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्...
-
कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा
बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सातौ जिल्ला अधिवेशनमा जिल्ला कार्य समिती सचिव पदका लागि उम्मेद्धवारी घोषणा गर्नु...
-
माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी...
-
नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । बोगटी संगै उहाँका समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।बोगटीको समुहका तर्...
-
मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्...
-
भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु : परराष्ट्रमन्त्री खड्का
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घ...
-
भोलि बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित
रुपन्देही । नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो । असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश...






















