• कक्षा १२ को परीक्षा निर्धारित मितिमै, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

    काठमाडौं । कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा आकस्मत स्थगित भएको भनेर आएको खबरले हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । सोमबार कोरोना संक्रमणको दर बढ्दै गएका...

  • मेलम्चीले सात घर बगायो

    सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ। गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो। मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा ब...

  • मजदुरको ज्याला लुटेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

    भोजपुर । मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन्। विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो। कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भ...

  • सडकमाथिबाट खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

    पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ...

  • श्रीमतीको हत्यापछि आत्महत्या

    धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हस...

  • उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तद्धारा अस्पताल तोडफोड, कर्मचारीमाथि कुटपिट

    विराटनगर । उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गर्नका साथै कर्मचारीलाई कुटपिट गरेका छन्। पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागा...

  • पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिनुभएको हो । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएको छ , ‘मैदानभित्रका यी दुई दशक जीवन...

  • देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना...

  • कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा.गौतम

    काठमाडौं । सरकारले विवादै विवादमा मुछिएका डा.जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै डा.गौतमलाई हटाएको हो। प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखि नै डा.गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचार...

  • एमालेमै फर्किइन् लुम्बिनीकी सांसद ओली

    काठमाडौं । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पारेकी छन्। सोमबार उनले विज्ञप्ति जारी गर्दै आफू एमालेमा भएको जानकारी गराएकी हुन्। केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। सँगै उनी एमालेमा प्रवेश गरेको भन्न...